पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु, ४ हजार बढी प्रभावित

काठमाडौं, भदौ २१ । पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् ।

गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् ।

डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ ।

उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा राखेर नियमित औषधि सेवन गराइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!