चुनावअघि नै नरेन्द्र मोदी नेपाल अाउने

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणबारे तयारी अघि बढिरहेको बताएका छन् । उनले सकभर चुनावअघि नै मोदी नेपाल आउनेबारे कुराकानी अघि बढिरहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो परियोजनाको शिलान्यासका लागि नेपाल आउने चाहना राखेका छन् ।

एक जिज्ञासामा देउवाले आफ्नो भारत भ्रमण सम्पूर्ण रूपमा सफल रहेको दाबीसमेत गरे । ‘मैले मेरो भारत भ्रमण सफल भएको ठानेको छु,’ प्रधानमन्त्री देउवाले भने । –कान्तिपुरबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!