तेस्रो चरणको स्थानीय तह चुनावका लागि मनाेनयन दर्ता अाज

काठमाडौ, भदौ २१ । प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्तार्का लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्वाचन आयोगले तोकेको छ ।

प्रदेश नं. २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । प्रदेश नं. २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् ।

प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा अाज हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक, उम्मेदवार र आम जनसमुदायलाई अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!