नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं, भदौ २० । सातदोबाटोस्थित खेल मैदानमा भएको एसियन कप छनौटमा नेपाल र ताजकिस्तानबीच खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग २–१  गोलले पराजित भएको हो ।

ताजकिस्तानले खेलको २५ औं र ३० औं मिनेटमा मिनेटमा गोल गरेको थियो । त्यस्तै नेपाल विमल घर्तीमगरले ६० औं मिनेटमा गोल गरेका थिए ।

एसियन कप छनौटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!