एमाले कार्यालयभित्रै हात हालाहाल

वीरगञ्ज, भदौ २० । नेकपा एमाले पर्सामा उम्मेदवार छनोटमा चरम विवाद भएपछि कार्यालय सचिवमाथि हातपात भएको छ ।

एमालेका कार्यालय सचिव गंगा खड्का र सचिवालय सदस्य पुरेनकिशोर लाभलाई कार्यालयमा हातपात गरी बाहिर निकालेका छन् । लाभले धर्नामा बस्न आएका आफ्नै कार्यकर्ताहरूले कार्यालयभित्र हातपात गरी बाहिर निकालेको बताए ।

उम्मेदवार छनौटमा चरम असन्तुष्टि जनाउँदै एमालेका पर्सा–२ का सांसद विचारी यादव नै धर्नामा बसेका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं–२० मा रामकिशोर परागलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै धर्नामा बसेका हुन् । सांसद यादवलेले रामगढ्बास्थित पार्टी कार्यालय अघि धर्नामा बसेका हुन् ।

वडा कमिटीको सिफारिस र सांसदको सल्लाह नमानी शत्रुधन शुक्लालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पर्सा क्षेत्र नं. ३ का अर्का सांसद राजकुमार गुप्ताले पार्टीले आफ्नो निर्णय सच्याएको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!