राम्रो स्वास्थ्यका लागि के गर्ने ?

काठमाडौं, भदौ २० । सबैमा मानिसहरु आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने त चाहना गर्छन तर त्यसका लागि प्रयाप्त ध्यान दिदैन र समस्या हुन्छ । राम्रो स्वास्थ्यका लागि खानपानमा निकै कडा अनुशासनको पालना आवश्यक छ । त्यसको साथै पौष्टिक खानेकुरा खानुपर्छ । कुनैपनि खानेकुरा राम्रो हुन्छ भन्दैमा एकैपटकमा धेरै खानु हुदैन । तपाईले खाएको खानेकुरा पच्नु र त्यसबाट शरीरमा पोषक तत्व मिल्नु पर्छ अनिमात्रै त्यसको अर्थ हुन्छ । र सबैभन्दा महत्वपूर्ण कुरा कुन समयमा कस्तो खाना खानु उपयुक्त हुन्छ त्यसबारेमा राम्रो जानकारी हुन जरुरी छ ।
चिया तथा कफी पिउने बानी

कतिपय मानिसमा खाना खाएपछि चिया वा कफी पिउने बानी हुन्छ । यो बिस्तारै–बिस्तारै लत जस्तै बन्छ । यस्तो बानी तुरुन्त परिवर्तन गर्नुपर्छ ।

किन छोड्ने ?

चियामा पोलिफिनल्स तथा टेनिन्स नामक केमिकल हुन्छ । यसले खाएको खानाको पोषक तत्व नष्ट गर्छ ।

–कफीमा कफिन हुन्छ । यसले आइरनलाई समाप्त गर्छ ।

–एनिमियाका बिरामीका लागि यो बानी हानिकारक हुनसक्छ ।

–चिया–कफी खाना खाएको एक घन्टापछि मात्र पिउनु उपयुक्त हुन्छ ।

फलफूल खाने सही समय

खाना खानासाथ फलफूल खाने बानी छ भने त्यस्तो बानी त्याग्नुपर्छ । फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर खाना खानासाथ खाए हानिकारक हुन्छ ।

किन छोड्ने ?

खाएको खाना पाचनको प्रक्रिया पूरा नभएसम्म पेटमै रहन्छ । बीचमा तुरुन्त फलफूल खाए पेटमा बढी भार पर्छ ।

यसबाट अपच, पेटमा भारीपन, छाती पोल्ने तथा एसिडिटीको शिकार हुन सकिन्छ ।

–फलफूलमा बढी मात्रामा एसिड, ग्लुकोज, स्टार्च आदि हुन्छ, जसले खाना पचाउने प्रक्रिया सुस्त बनाउँछ ।

–अंगुर, नास्पाती तथा सुन्तला आदि फलफूलमा फ्लवोनाइड हुन्छ । पेटमा भएको ब्याक्टेरियाले त्यसको विभाजन गरेर थायोसायनिक एसिडमा परिवर्तन गर्छ ।

–फलफूल खाना खानुभन्दा दुई घन्टा पहिले तथा खाएको दुई घन्टापछि खानु वेश हुन्छ ।

–बिहान सबेरै खाली पेटमा फलफूल खानु फाइदाजनक हुन्छ ।

धूमपान गर्नु

धूम्रपान त्यसै पनि स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । अझ खाना खानासाथ धूम्रपान गर्नु थप हानिकारक हुन्छ ।

किन छोड्ने ?

–खाना खानासाथ एउटा चुरोट सेवन गर्नु दस पटक चुरोट सेवन गर्नु बराबर हुन्छ अर्थात् यो दस गुना धेरै घातक हुनसक्छ ।

–क्यान्सरको खतरा अझ बढ्छ ।

–खाना खानासाथ धूम्रपान गरे एसिडिटी तथा ग्यास्ट्रिकजस्ता समस्या उत्पन्न हुन सक्छन् ।

खानेबित्तिकै नुहाउनु हुँदैन

कतिपयको खानासाथ नुहाउने बानी हुन्छ । यस्तो बानी भए सावधान रहनुपर्छ । किनभने यो बानी खतरनाक हुनसक्छ ।

किन छोड्ने ?

–खाना खानासाथ रगतको संचार पेटतर्फ धेरै हुन्छ । यहाँ खाना पचाउने प्रक्रिया चलिरहेको हुन्छ ।

–नुहाउँदा शरीरको तापमान परिवर्तन हुन्छ अर्थात् तापमान नियन्त्रण गर्न रगतको प्रवाह शरीरको अन्य हिस्साजस्तो हात–खुट्टातर्फ बढ्दै जान्छ ।

–नुहाउँदा पेट वरिपरिको भागमा रगतको मात्रा कम हुन्छ जसले गर्दा पाचन तन्त्रको प्रक्रिया सुस्त बनाउँछ ।

हिँड्नुपर्छ

हिँड्नु स्वास्थ्यका लागि राम्रो हो । यद्यपि खाना खानासाथ हिँड्नु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । दिउँसोको खाना खाएपछि आराम तथा रातको खाना खाएपछि केहीबेर हल्का वाक गरे स्वस्थ रहन सकिन्छ ।

किन छोड्ने ?

–खाना खानासाथ तुरुन्त हिँडडुल गरे पाचन क्रिया सुस्त हुन्छ । पाचन तन्त्रमा खानामा पोषक तत्व एब्जर्ब हुन सक्दैन ।

–खाना खाएको आधा घन्टापछि मात्र वाकमा जानु उचित हुन्छ ।

–२० मिनेटभन्दा धेरै हिँडडुल गर्नुहुँदैन ।

चिसो पानी नपिउनु

खानाको बीचमा तथा तुरुन्त पछि पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अझ चिसो पानी त बिल्कुल पिउनुहुँदैन ।

किन छोड्ने ?

–खानासाथ पानी पिए पाचनतन्त्र प्रभावित हुन्छ ।

–खाना खाएको एक घन्टापछि पानी पिउनुपर्छ ।

–चिसो पानीको साटो मनतातो पानी पिउनुपर्छ अनि मात्र खाना छिटो पच्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!