एयर होस्टेजले एयरपोर्टमैं पाइलटलाई थप्पड हानेपछि…

जयपुर, भदौ २० । जयपुरको सांगानेर अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिचित्रको घटना भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, एयरपोर्ट गेटमा पाइलट र एयरहोस्टेजबीच कुनै कुरामा विवाद भएपछि हात हालाहाल भएको बताइएको छ ।

एयर इण्डिगोको प्लेन ल्याण्डिङपछि फर्किन लागेको बेला दुबैबीच विवाद भएपछि मानिसहरु जमा भएका थिए । दुबैबीच मारपीटको अवस्था देखेपछि प्रहरीलाई बोलाइएको थियो । उनीहरुबीच कुन कुरामा झगडा भएको थियो भन्ने कुरा बुझ्न सकिएको छैन ।

शुरुमा सामान्य विवाद भएपछि युवतीले कसेर थप्पड हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एयरहोस्टेज युवतीले पाइलटको मोबाईल समेत तोडेको बताइन्छ । प्रहरीले दुबैलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरेको छ ।

एयर इण्डिगोेले समेत दुबैमाथि कार्वाही गर्ने जनाएको छ ।

एयर होस्टेजले एयरपोर्टमैं पाइलटलाई थप्पड हानेपछि…

जयपुर, जयपुरको सांगानेर अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिचित्रको घटना भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, एयरपोर्ट गेटमा पाइलट र एयरहोस्टेजबीच कुनै कुरामा विवाद भएपछि हात हालाहाल भएको बताइएको छ ।

एयर इण्डिगोको प्लेन ल्याण्डिङपछि फर्किन लागेको बेला दुबैबीच विवाद भएपछि मानिसहरु जमा भएका थिए । दुबैबीच मारपीटको अवस्था देखेपछि प्रहरीलाई बोलाइएको थियो । उनीहरुबीच कुन कुरामा झगडा भएको थियो भन्ने कुरा बुझ्न सकिएको छैन ।

शुरुमा सामान्य विवाद भएपछि युवतीले कसेर थप्पड हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एयरहोस्टेज युवतीले पाइलटको मोबाईल समेत तोडेको बताइन्छ । प्रहरीले दुबैलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरेको छ ।

एयर इण्डिगोेले समेत दुबैमाथि कार्वाही गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!