पार्टटाइम जागिर पनि गर्छ्न यो देशका राजा

काठमाडौं, भदौ २० । मन्त्री, प्रधानमन्त्री होइनन्, उनी राजा हुन, विकसित देशका राजा । सुन्दा अचम्म लाग्छ, तर उनी पार्ट टाइम जागिर पनि गर्छ्न ।

यो रहस्य पनि उनी राजाले खोलेका हुन ।

नेदरल्याण्ड, यूरोपको एउटा सम्पन्न देशका रुपमा चिनिन्छ । त्यहाँका राजाको नाम हो विलियम एलेक्जेण्डर । उनी पेशाले पाइलट हुन । उनले नै आफू पार्ट टाइम पाइलटको जागिर गर्ने गरेको खुलासा गरेका हुन । पाइलटको भेषमा जाँदा कसैले पनि नचिन्ने भएकाले यो रहस्य अरुलाई थाहा नभएको उनको दावी थियो ।

पाइलटको जागिर उनी अहिले मात्रै गर्न थालेका भने होइनन् । विगत २१ वर्षदेखि उनी पाइलटको जागिर गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!