खाेलामाथि सवारी साधन सञ्चालन हुने पुल निर्माण

पोखरा, भदौ २० । पोखरा–लेखनाथ महानगरपालिकाको शहीदचोकस्थित फिर्के खहरे खोला माथि सवारी साधन चल्ने पुल निर्माण गरिएको छ ।

जिल्ला समन्वय समितिको रु एक करोड ३० लाखको लागतमा निर्माण गरिएको सो पुल २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।

पुल बनेसँगै शहीदचोकबाट लेकसाइड, बैदाम, हल्लनचोकतिर सवारीसाधन आवतजावत गर्न सहज भएको छ । फिर्के खहरे खोलामा मोटर बाटो भएपनि वर्षातको समयमा खोलामा ठूलो भेल आउँदा खोलामा गुडिरहेका सवारीसाधनलाई समेत बगाई दिने स्थिति थियो ।

अघिल्लो वर्षको वर्षायाममा खहरेमा आएको भेलले मोटरसाइकल बगाउँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!