८३ मेगावाटबराबरका १९ आयोजनाको पिपिए खारेज

काठमाडौं, भदौ २० । नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगर्ने १९ वटा जलविद्युत् कम्पनीको आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ ।

प्राधिकरणसँग पिपिए र सर्भे लाइसेन्स लिएका आयोजनाहरूले काम अगाडि नबढाएपछि आव ०७३-७४ मा प्राधिकरणले ८३ मेगावाटबराबरका पिपिए खारेज गरेको हो । तीमध्ये तीनवटा आयोजनाहरू विद्युत् लाइसेन्स लिनका लागि विद्युत् विकास विभागमा ‘जेनेरेसन लाइसेन्स’ लिने प्रक्रियामा नपुर्याएका कारण रद्द भएका छन् ।

त्यस्तै बाँकी १६ वटा आयोजनालाई प्राधिकरणले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै पिपिए रद्द गरेको हो । रद्द भएका आयोजनाहरूमा ४ सय किलोवाट क्षमतादेखि १० मेगावाट क्षमतासम्मका रहेका छन् ।

यीमध्ये अस्मिता हाइड्रोपावरले रामेछाप जिल्लाको टोकार्दो खोलामा निर्माणाधीन ४ सय किलोवाटको माइक्रो हाइड्रो, अन्नपूर्ण ग्रुपले कास्कीमा निर्माण गर्न लागेको १० मेगावाटको मोदी १ आयोजना रहेको छ । मोदी १ लाई धेरैपटक ताकेता गर्दा पनि काम अगाडि नबढाएपछि प्राधिकरणले पिपिए खारेज गरेको जनाएको छ । विभागले प्राधिकरणको सिफारिसमा जेनेरेसन लाइसेन्स खारेज गरेको हो ।

विद्युत् प्राधिकरणले पिपिए गरेर सर्भे लाइसेन्स लिन प्रक्रिया नपुर्‍याएका कारण पिपिए रद्द गर्छ । त्यस्तै प्राधिकरणकै सिफारिसमा जेनेरेसन लाइसेन्स वितरण गर्नवाट रोकिएको विद्युत् विकास विभागका प्रवक्ता बाबुराज अधिकारीले बताए । धेरै आयोजनाहरूले खोला ओगट्नमात्र लाइसेन्स होल्ड गरेर बस्ने गरेको र वित्तीय विवरण प्रस्तुत गर्न नसकेर काम अगाडि नबढ्दा लाइसेन्स खारेजीको प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।

नयाँ पत्रिकाबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!