असोज २ गते सार्वजनिक विदा दिन सरकारलाई आयोगको आग्रह

काठमाडौं, भदौ १९ । निर्वाचन आयोगले तेस्रो चरणमा २ नं. प्रदेशका आठ जिल्लामा हुने स्थानीय तह निर्वाचनका हुने दिन असोज २ गते सार्वजनिक बिदा दिने गृहमन्त्रालयलाई आग्रह गरेको छ ।

सोमबार आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुने आठ जिल्लामा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, आयोगले आगामी असोज २ गते निर्वाचन हुने आठ जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसहरूमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

हेर्नुहोस् विज्ञप्ति

कमेन्ट गर्नुहोस्

error: Content is protected !!