१० जना सहसचिवलाई निजामति सेवा पुरस्कार दिने मन्त्रिपरिषदको निणर्य

काठमाडौं, भदौ १९ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको निजामति सेवा पुरस्कार सिफारिस समितिले यसवर्षको निजामति सेवा पुरस्कारका लागि १० जना सहसचिवसहित ३० जनाको नाम छनोट गरेको छ ।

नाम छनोट भएका सहसचिवहरु दीपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, भीमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेढाईँ, जगन्नाथ बराल, लक्ष्मीदत्त कलैनी, प्रल्हादकुमार योगी र अनिल खनाल रहेका छन्। यी नामहरु सोमबारको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो।

बैठक सकिएपछि सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले निजामति सेवा पुरस्कार पाउने सहसचिवहरुको नाम पढेर सुनाएका थिए। त्यस्तै मन्त्रिपरिषद बैठकले विपद व्यवस्थापन ऐन संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!