भदौ २८ गतेदेखि नयाँ नोट सटही

काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले आगामी दशैंका लागि भदौ २८ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैकको थापाथली कार्यालयसहित नेपाल बैक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्ने ब्यवस्था मिलाइएको जनाएको छ ।

ती बैकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजारसम्म साट्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!