ऊर्जामन्त्रीले ग्राहकका गुनासा सम्बोधन गर्न शुरु गरे टोल फ्रि हटलाईन सेवा

काठमाडौं, भदौ १९ । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झापा गौरादहका एक सेवाग्राहीको जनगुनासो सुनेर तथा रिबन काटेर उक्त सेवाको शुभाराम्भ गरेका हुन ।

उनले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त टोल फ्रि हटलाइन नम्बर र मोबाईल एप्स सञ्चालनमा ल्याईएको बताए ।

‘जनताका गुनासाहरु संबोधन गर्न निशुल्क टेलिफोन नम्बर र मोबाईल एप्सको व्यबस्था गरिएको हो’, ऊर्जामन्त्री शाहीले भने, ‘जनताका कामकारबाहीलाई कुनै पनि बाहानामा संबोधन नगर्ने परिपाटीको अन्त्य गर्न यस्तो सेवाको आबश्यकता परेको हो ।’

टोल फ्रि हटलाइन नम्वर ११५१, जनगुनासो व्यवस्थापन शाखाको कर्तब्य
१. सेवाग्राहीले सेवा प्राप्त गर्ने क्रममा कर्मचारीबाट ढिला सूस्ती तथा आर्थिक चलखेल सम्वन्धी गुनासो सुन्ने तथा सो को व्यवस्थापन गर्ने ।
२. नेपाल सरकार उर्जा मन्त्रालय तथा मातहतका कार्यलय वाट सेवाग्राहीले प्राप्त गर्ने सेवाहरु तथा सो सेवा प्राप्त गर्न आवश्यक प्रकृया सम्वन्धमा जानकारी गराउने ।
३. विद्युत सेवा अवरुद भई सम्वन्धित कार्यलयले जिम्मेवार पुर्वक जनगुनसो सम्वोदन नगराएको पाइएमा सम्वन्धित कार्यलयलाई सो को आवश्यक जानकारी गराई गुनासो व्यवस्थापन गर्ने ।
४. नेपाल सरकार उर्जा मन्त्रालय तथा मातहतका सम्पुर्ण कर्माचारीको सम्पर्क नम्वर उपलव्द गराउने ।

मोवाइल एप्स सम्वन्धमा
१. सेवाग्राहीले आफु रहेको वितरण केन्द्र अन्तर्गतका लाइन आउटेज तथा अन्य सूचनाहरु मोवाइल एप्स वाटनै जानकारी प्रप्त गर्ने सकिने ।
२. सेवाग्राहीले आफ्नो समस्या तथा गुनासो सोही मोवाइल एप्लिकेसन वाट गुनासो गर्ने सक्ने व्यवस्थापन गर्ने ।
३. नेपाल विद्युत प्रधिकरण तथा मातहतका सम्पुर्ण कर्माचारी र कार्यलयको सम्पर्क नम्वर प्रप्त गर्न सकिने ।

४. हाल लाई यो सेवा ने.वि.प्रा. को वेवसाइट धधध।लभब।यचन।लउ वाट डाउनलोड गरि प्रयोग गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!