२६ सयको जुत्तालाई २६ हजारमा बेच्दा आपूर्ती मन्त्रीले लगाए ताला

काठमाडौं, भदौ १९ । २६ सयमा खरिद गरिएको नाइक ब्राण्डको जुत्ता २६ हजारमा बेचेको अनुगमका क्रममा पाइएपछि आपूर्ती मन्त्री शिबकुमार मण्डल नेतृत्वको टोलीले दरबार मार्गका चार ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ ।

सोमबार आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको मन्त्रीमण्डलले जानकारी दिए ।

त्यस्तै, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएको छ ।

कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीहरूले आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठगेका हुन् ।

ती पसलले आवश्यक बिलविजक प्रस्तुत गर्न नसकेपछि अनुगमन टोलीले शिल गरेको हो । आपूर्ति मन्त्री मण्डलले उपभोक्ता ठग्ने व्यापारीलाई कठोर कारवाही गर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!