साझा कहाँ आइपुग्यो ? मोवाइलबाटै थाहा पाउन सकिने

काठमाडौं, भदौ १९। साझा यातायातले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । उक्त मोवाइल एप मोवाइलमा डाउनलोड गरेमा आफ्नो रुटको साझा बस कहाँ आइपुग्यो भनी यात्रुले थाहा पाउन सक्नेछन् ।

‘मेरो साझा’ नामक उक्त एन्ड्रोइड एपबाट अब साझाका कुन बस कहाँ आइपुगेका छन् भन्ने थाहा पाउन सकिने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार यात्रुहरुको सुविधाका लागि यो एप ल्याइएको बताए ।

बस कुर्दा लामो समय लाग्ने भएकाले त्यसको विकल्पमा यो एप ल्याइएको पनि उनले बताए ।

एपस्टोरमा ‘मेरो साझा’ नाममा सर्च गरेर एप डाउनलोड गर्न सकिन्छ । इन्टरनेट अन गरेर काठमाडौंमा चलेका ४४ वटै साझा बस सो समयमा कहाँ छन् भनेर एपले नै देखाउने छ ।

साझाले अहिले काठमाडौंमा उपत्यकासहित काभ्रेको साँगासम्म साझा बस सञ्चालन भइरहेको छ ।

यो स्टिमका लागि साझाले सबै बसमा जीपीएस ट्रयाकिङ सिस्टम जोडेको छ । यसमार्फत साझालेआफ्ना बसहरुको अवस्थाबारे जानकारी लिने गरेको थियो ।

एपमा रहेको ‘भ्यु साझा लोकेशन’ क्लीक गरेपछि बसहरु कहाँ छन् भनेर सर्वसाधाराणले पनि मोबाइलमै थाहा पाउन सक्नेछन् ।

साझाले लगनखेल–बुढानिलकण्ठ, स्वयम्भु–सूर्यविनायक–साँगा, लगनखेल–नयाँबसपार्क र नयाँबसपार्कएयरपोर्ट रुटमा साझा चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्