संसद्मा निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत

काठमाडौँ, भदौ १९ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय, कानून तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत गरे ।

यसैगरी, राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी समितिको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत गरेका छन् ।

अहिले व्यवस्थापिका–संसद्को बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!