राजधानीबाट अहिलेसम्मकै ठूलो परिमाणको अवैध सुनसहित एक पक्राउ

काठमाडौं, भदौ १९ । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । ८८ किलो अवैध सुनसहित मनोज अधिकारी नाम गरेको व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

केरुङ नाका हुँदै काठमाडौँ ल्याइएको उक्त सुन बा१७च ६४२७ नम्बरको जीप पार्किङमा राखेको बेला शंकाष्पद लागेर चेक जाँच गरिएको थियो ।

महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दका अनुसार गाडीमा सुन ल्याइएको सुराकी पाएपछि प्रहरीले हिजोदेखि नै निगरानी बढाएको थियो । रातभरीको निगरानीपछि आज विहान सुन बरामद गरिएको उनले बताए ।

एक एक किलाेकाे विस्केट बनाएर ८८ वटा उक्त सुनलार्इ निकै सुरक्षित साथ टेपले माेरेर राखिएकाे थियाे । अहिलेसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन रहेको उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!