लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछाेड्नु भन्ने ठाउँमा अाउनुभयाे : “प्रचण्ड”

सिमरा,भदौ १९ । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछाेड्नु भन्ने ठाउँमा अाई पुगेकाे बताएका छन् ।

साेमबार बिहान सिमरामा अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्री बन्ने बेला देशकाे विदेश नीति लड्खडाएकाे थियाे। राष्ट्रिय एकता जाेखिममा थियाे। मधेश र पहाड एक अापसमा भिडेर देश नै भीडन्तमा जाने त हाेइन ? भन्ने परिस्थिति थियाे। तर, मैले दस महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछाेड भन्ने ठाउँमा अाई पुग्नुभयाे। मलाई लम्पसारवादी भन्ने साथीहरु नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हाे भन्न थाल्नुभयाे। याे सामान्य मेहेनतले भएकाे हाेइन।”

“माअाेवादीकै नेतृत्वमा निजगढ बिमानस्थल बन्दैछ, फास्ट ट्रयाक बन्दैछ, हुलाकी मार्ग बन्दैछ” प्रचण्डले भने, “७.५% अार्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास अायाेजनाहरुमा तिब्रता, लाेडसेडिङकाे अन्त्य जस्ता काम भएका छन्, यसलाई इतिहासले भुल्ने छैनन्।” प्रचण्डले भने, “अहिले देशमा दुई खाले अतिवादीहरु छन्। एउटा अतिवादले पहाडलाई मात्र देख्छ, अर्काे अतिवादले मधेशलाई मात्र देख्छ। हामी यी दुवै अतिवादकाे विपक्षमा छौं, राष्ट्रिय एकताकाे पक्षमा छौं।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!