मालपोतमा पुगेन मोहियानी जग्गा हक दाबी

ताप्लेजुङ, भदौ १९ । मोहियानी जग्गा हकदाबीको सूचना ग्रामीण क्षेत्रसम्म नपुग्दा मालपोत कार्यालय ताप्लेजुङमा न्यून संख्यामा मात्र निवेदन परेको छ ।

निर्धारित समयमा ३६ जनाले मात्र मोहियानी हकसम्बन्धी निवेदन दिएको कार्यालयले जनाएको छ । मालपोतको स्रेस्तामा १ सय ५२ मोहियानी देखिएका छन् ।

भूमिसुधार मन्त्रालयले जेठ १९ देखि भदौ ५ गतेसम्म मोहियानी दाबी गर्ने व्यक्ति र जग्गा धनी दुवैले निवेदन दिने गरी सूचना प्रकाशित गरेको थियो ।

केन्द्रबाट पत्राचार भएपछि गाउँ र नगरपालिकामा सूचना टाँस गरिएको मालपोत प्रमुख कृष्णप्रसाद गौतमले जानकारी दिए ।

ऐनमा ब्यवस्था भएअनुसार मालपोतले १५ दिनभित्रमा जग्गाधनीलाई कार्यालयमा उपस्थित गराउनुपर्छ र मोहियानी हो÷होइन यकिन गर्नुपर्छ ।

जग्गा दिने व्यक्ति सहमतिमा आए दुई पक्षको समझदारीमा तुरुन्तै बाँडफाँड हुन्छ । सहमति नभए दुवै पक्षलाई राखेर एक वर्षभित्र जग्गा लेनदेन हुने गरी प्रक्रिया सुरु गरिन्छ ।

मन्त्रालयले यसै आर्थिक वर्षमा टुंग्याउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । पाँचथर मालपोतमा भने ११ जनाले मात्रै निवेदन दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!