महिन्द्रा मोटरसाइकल र स्टुकटर खरिदमा सुनका सिक्कादेखि थाइल्याण्ड भ्रमणसम्म

काठमाडौं, भदौ १८ । नेपालभर महिन्द्रा टु–ह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्क प्रालिले आफ्ना ग्राहकहरुलाई दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै “महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा” योजना ल्याएको छ ।

ग्राहक सवारी खरिदसँगै प्राप्त गर्नेे कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्ने छन । योजना अन्तर्गत ग्राहकले महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क््रयाच कुपन पाउने छन । कुपन स्क््रयाच गरी न्युनतम २.५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने छ भने हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने छन ।

त्यसै गरी बम्पर उपहारमा चार जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि पाउने छन ।

महिन्द्रा टुह्वीलर उच्चतम प्रविधी युक्त बाइक तथा स्कुटरहरु हुन् । यी बाइक तथा स्कुटरहरुले कम इन्धन खपत गरी अधिकतम माइलेज दिने बताइएको छ । मुलुकभर सुलभ तरिकाबाट जेन्युन स्पेयरपार्ट उपलब्ध हुनु, विक्रीपछिको ग्राहकमुखी सेवा जस्ता विशेषताले गर्दा महिन्द्रा टुह्वीलरहरु नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!