कृषि केन्द्रीय संघको अध्यक्षमा पाठक निर्वाचित

ललितपुर, भदौ १८ । नेपाल कृषि सहकारी केन्द्रीय संघमा खेमबहादुर पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । केन्द्रीय संघको १० औं साधरण सभा तथा तेस्रो अधिवेशनले पाठकको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

ललितपुरको कुपण्डोलमा भएको अधिवेशनबाट उपाध्यक्षमा मदन दाहाल, सचिवमा हरि पौडेल, कोषाध्यक्षमा गीता केसी निर्वाचित भएक छन । यस्तै सदस्यहरुमा पूर्ण शर्मा, मीना ढकाल, पदम रिजाल, नेत्र कार्की, चाँदनी ढकाल, कृष्णवावु श्रेष्ठ, देवकी भण्डारी, शिव अधिकारी, मागेन महतो, देवबहादुर खत्री र नरबहादुर घर्ती मगर निर्वाचित भएका हुन ।

यसैगरी महेश्वर सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघमा ७० जिल्लाका ८ सय भन्दा बढि सदस्य संस्था आवद्ध रहेका छन् ।
संघ अन्तर्गत अहिले देशभर ३० हजार भन्दा बढि युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । हजारौ किसानहरुले व्यवसाय सुरु गरेर स्वरोजगार वनेका छन् ।

नव निर्वाचित अध्यक्ष खेमबहादुर पाठकले केन्द्रीय संघलाई देशकै एक नमुना संस्थाका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । उनले देशमा संघीय संरचना अनुसार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई पनि संघिय संरचनामा अगाडि बढाइने बताए ।

उद्घाटन कार्यक्रममा सहकारी तथा गरिबीी निवारण मन्त्री अम्विका वस्नेतले देशको अर्थतन्त्रमा कृषि, सहकारी र साना किसानहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!