देशकै अस्पताललाई सबल र सक्षम बनाउनुपर्छ’

काठमाडौं, भदौ १८ । मौसमी रुघाखोकीको संक्रमणपछि ८ दिन लामो उपचार गरेर आइतबार वीर अस्पतालबाट डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले देशकै अस्पताललाई सवल र सक्षम बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

मन्त्री पोखरेलकोे उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य हुने क्रममा रहेको छ ।

मन्त्री पाखरेलले उपचारको क्रममा रहदा बीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतलगायतका उपचारमा सम्लग्न सम्पुर्ण चिकित्सक र स्वास्थकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन।

साथै स्वदेश तथा बिदेशबाट आफ्नो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा र अस्पतालमै पुगेर स्वास्थ लाभको कामना गर्ने सम्पुर्णप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!