म्यानपावरका कर्मचारी रंगेहात पक्राउ

काठमाडौं, भदौ १८ । वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम लिने एक म्यानपावरका कर्मचारीलाइ वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ ।

विभागले आइतबार सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरमा छापा मारेर त्यहाँका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।

मलेसिया पठाउने भनि दुई जना कामदारसँग ८०/८० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनलाई रंगेहात समातिएको विभागले जनाएको छ ।

विभागले म्यानपावर सञ्चालक शंकरप्रसाद आचार्यलाई पनि खोजी गरिरहेको छ । कर्मचारी पक्राउ गरेपछि विभागले म्यानपावरको कारोबार समेत रोक्का गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!