संविधान र संघीयताविरुद्द ठूलो षडयन्त्र थियो – प्रचण्ड

सिमरा, भदौ १८ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र संघीयताविरुद्द ठूलो षड्यन्त्र भएको बताएका छन् ।

आइतबार जितपुर सिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा आयोजित जनसभामा बोल्दै प्रचण्डले भने, ‘हिजो संविधान बन्न नदिन, संघीयता हुन नदिन, स्थानीय तह बन्न नदिन ठूलै षड्यन्त्र भइरहेको थियो। तर, माओवादीको नेतृत्वमा ती षडयन्त्र पराजित भए ।’ उनले थपे ‘निकै ठूलो चुनौतिका बीच चुनावमा आइयो। फेरि पनि षड्यन्त्र रोकिएको छैन, माओवादीलाई जिताएर यो षड्यन्त्र रोकौं।’

कार्यक्रममा एमाले नेता एवं नागरिक मञ्चका अध्यक्ष बिनोद चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि १५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादलू, गोपाल ठाकुर लगायत उपस्थित हुनुहुन्थ्यो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!