सुरक्षा निकायले सहयोग गरे निर्वाचन हुन्छ : गृहमन्त्री

जनकपुर, भदौ १८ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभारक’ले स्थानीय निकायको तस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने बताए ।

जनकपुरमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री शर्माले सुरक्षा निकायको सहयोग र सक्रियतामा आगामी निर्वाचन पनि भयरहित सफल हुने बताए । यसअघिका निर्वाचनहरुमा सुरक्षा निकायले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै आगामी निर्वाचनलाई सफल बनाउन पनि सक्रिय रुपले लाग्न अपिल गरे ।

निर्वाचनका लागि जनतामा निकै उत्साहित देखिएको बताउँदै यस वर्ष संविधान कार्यान्वयनको लागि तीनवटै तहको निर्वाचन सम्पन्न हुँनुपर्ने भएकोले शान्ति सुरक्षाका लागि सुरक्षा निकायको काँधमा ठूलो जिम्मा आएको बताए ।
उनले राजपा निर्वाचनमा सहभागिता जनाएपछि निर्वाचनमा सहजता आएको पनि बताएका छन् ।

सुरक्षा गोष्ठीमा आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्