उत्तरकोरियाको बम परिक्षणले ६.३ म्याग्निच्यूडको भूकम्प

उत्तर कोरिया । उत्तर कोरियामा महशुस गरिएको विशाल भूकम्प छैठौं आणविक परीक्षणका कारण आएको जापानले बताएको छ । अमेरिकी भूगर्भविदहरुले उत्तर कोरियाको उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ म्याग्नीच्यूडको भूकम्प “संभावित विष्फोटनको” भएको बताए ।

उक्त क्षेत्र उत्तर कोरियाले यस अघि आणविक परिक्षण गर्दै आएको क्षेत्र हो । भूकम्प उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हाइड्रोजन बम निरिक्षण गरिरहेको तस्बिर त्यहाँको राज्य सञ्चालित मिडियाले सार्वजनिक गरेको केही घण्टामा आएको छ ।

राज्य सञ्चालित मिडियाले उक्त बम ब्यालेष्टिक क्षेप्यास्त्रमा जडान गर्न सकिने किसिमको भएको बताएको थियो । दुवै दावीको स्वतन्त्र पुष्टि भइसकेको छैन् ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाको पंगे(री आणविक परिक्षण क्षेत्र रहेको किल्जु काउण्टीमा भूकम्प गएको बताएका छन् ।

लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक गरेका थिए । चीनको भूकम्प सम्बन्धी निकायले भूकम्प संभवत विष्फोटका कारण आएको बताएको छ । बीबीसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!