सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन होइन: बादल

बारा, भदौ १८ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले अहिलेको निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन नभएको बताए ।

बाराको कोल्हबीमा आयोजित जनसभामा बोल्दै नेता बादलले भने, ‘कतिपयले अहिलेको निर्वाचनलाई बीस वर्षपछि हुन लागेको निर्वाचन भन्छन् । तर, त्यो सत्य होइन ।

इतिहासमै पहिलोपटक भएको निर्वाचन हो। चुनाव त पञ्चायत काल र बहुदल कालमा पनि भए। तर, ती निर्वाचन सिंहदरबारका कारिन्दा जिताउने निर्वाचन थिए। तिनलाई खास कुनै अधिकार थिएन ।

अहिलेको निर्वाचन जनताका प्रतिनिधि बनाउने निर्वाचन हो, जनताले आफ्नो सरकार गठन गर्ने निर्वाचन हो, जनताको अदालत र संसद बनाउने निर्वाचन हो, यसलाई सामान्य उपलब्धि ठान्नु हुँदैन ।’

कमेन्ट गर्नुहोस्