मोरङ जीपमा दुर्घटनामा दुईको मृत्यु

मोरङ, भदौ १८ । मोरङमा आज विहानै भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा बा१६च ४७५७ नंको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

मृत्यु हुनेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राई रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । चालक भने फरार रहेका छन् । तीव्र गतिमा रहेको उक्त जिप उछिट्टिएर सडकबाट खसेर रुखमा ठोक्किएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!