अटोरिक्सा चलाउन रोक

नेपालगञ्ज, भदौ १७ । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई नेपालगञ्ज उपमहानगरमा चलाउन रोक लगाइएको छ ।

निजी प्रयोजनका लागि दर्ता गरेर नियम विपरीत भाडामा चलाउँदै आएका एक हजार ५ सय अटोरिक्सालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने शर्तमा रिक्सा धनीलाई बुझाइएको जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!