नगरकोटीको ‘दोचा’ सार्वजनिक

काठमाडौं, भदौं १७ । चर्चित साहित्यकार कुमार नगरकोटीको संस्मरणात्मक पुस्तक दोचा सार्वजनिक भएको छ।

शनिबार नयाँ बानेश्वरस्थित अल इन वान मार्टमा नगरकोटीका बाल्यकालका साथी अक्षय अधिकारी र उनलाई लेखनमा सहयोग गरेका रवी मल्लले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे।

पुस्तकबारे टिप्पणी गर्दै धिकारीले ुदोचाु नगरकोटीको नोस्टाल्जिया (पूर्व स्मृति) रहेको बताए। त्यस्तै मल्लले नगरकोटीको लेखनको सुरुवाती चरणमा उनका लेख छाप्नु पर्ने लागेर मासिक पत्रिका समकालिन साहित्यमा लगेर गएको स्मरण गरे ।

बुक हिलका प्रकाशक भुपेन्द्र खड्काले नगरकोटीको संस्मरण उनका कर्म र कुकर्मको संस्मरण रहेको बताए। बुक हिलले प्रकाशन गरेको २६६ पृष्ठको दोचाको मूल्य ५ सय रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्