विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याइने अध्यक्ष तामाङ

काठमाडौं, भदौ १७ । नेकपा माअ‍ोवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने बताएका छन ।

मतपरिणाम घोषणा गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले विद्यार्थी आन्दोलन परम्परागत शैलीबाट अघि बढ्न नसक्ने भन्दै गरिव, निमुखा र उत्पडित विद्यार्थीको पक्षमा आफू उभिने बताए ।

उनले सबैको सहयोगबाट संगठनलाई चुस्तदुरुस्त राख्ने भन्दै शिक्षामा देखिएको विकृति, विसङ्गति अन्त्य गर्ने आफ्नो पहिलो दायित्व हुने बताए ।

शैक्षिक क्षेत्रमा देखिएका निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध लाग्ने उनले बताए । शनिबार सम्पन्न मतगणनामा तामाङले आफ्ना प्रतिद्वन्द्वी अनिल शर्मालाई २३ मतले हराउँदै पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिएका हुन । तामाङले ८४५ र शर्माले ८२२ मत प्राप्त गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले संगठनमा पहिलो पटक निर्वाचन गराएर लोकतान्त्रिक विधि तथा प्रक्रिया अपनाइएको बताए ।

उनले नवनिर्वाचित कमिटीलाई विद्यार्थी आन्दोलन थप नयाँ ढंगले अघि बढाउन आग्रह पनि गरे ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेश मल्लले विजयी उम्मेदवारको नाम घोषणा गरेका थिए ।

गत भदौ ७ गतेदेखि राजधानीमा शुरु भएको २१ औं राष्ट्रिय सम्मेलनले २४३ जनाको नयाँ नेतृत्व चयन गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!