सप्तरीको तिलाठीमा वाइसीएलद्वारा राहत वितरण

सप्तरी, भदौ १७ । वाइसीएल नेपालले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीका ३ सय घर परिवारलाई शनिवार राहत वितरण गरको छ ।

साउनको अन्तिम साता भएको लगातारको वर्षापछि आएको बाढी र डुबानबाट तराईका लाखौं मानिस घरबार विहिन भएर भोकभोकै बस्नु परेको अवस्थामा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वार्इसीएल) राहत लिएर सप्तरीको तिलाठी पुगेको हो ।

एक सातादेखि वाइसीएलको हेडक्वाटर टीम तरार्इ मधेसमा राहत वितरणमा व्यस्त छ । वाइसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा उपाध्यक्ष सुमन देवकोटा अब्दुल, महासचिव सुबोधराज शर्पाली, सचिव पुर्ण भुजेल, दिवस पाण्डे र कोषाध्यक्ष मिङमा डण्डु शेर्पा टोलीमा रहेका छन ।

त्यसैगरी, २ नं. प्रदेश संयोजक शंकर महत, केन्द्रीय सदस्यहरु नविन खड्का, दुर्गेश चौधरीलगायत तरार्इमा एक सातादेखि राहत वितरण गरिरहेको छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!