हात्ती दुब्लाएर बाख्रो हुँदैन : ओली

काठमाडौं, भदौं १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई कसैको बैशाखी आवश्यक नरहेका दावी गरेका छन । उनले एमाले हात्ती भएको तर्क गर्दै ‘हात्ती दुब्लाएर बाख्रो हुँदैन’ भने ।

माओवादी केन्द्र र नेपाली कांग्रेसलाई बैशाखी चाहिने अवस्था आएको भन्दै एमालेलाई कसैको बैशाखी नचाहिने बताएका छन ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित २ नम्बर प्रदेशका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दैै ओलीले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’

भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेललगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!