छोरा जन्मीएपछि स्वास्थ्य चौकीमै पञ्चेबाजा

बाबुरा, भदौ १७ । बाजुराको बडीमालिका नगरपालिका–२ मा छोरो जन्मिँदा स्वास्थ्य चौकीमै पञ्चेबाजा बजाएर खुशीयाली मनाइएको छ ।

बडीमालिका नगरपालिका–२ जुगाडाकी पाना गुयाँलले स्वास्थ्य चौकीमा छोरा जन्माइन् । उनका परिवारले स्वास्थ्य संस्थाबाटै बाजागाजाका साथ शिशुलाई घर भित्राए ।

गुयाँलले पहिलो सन्तानको रुपमा छोरी जन्मिएकी थिइन । गुयाँललाई जब सुत्केरी हुने व्यथा लाग्यो त्यसपछि उनका श्रीमान् र अन्य आफन्तले सुरक्षितसाथ सुत्केरी गराउन जुगाडाकै स्वास्थ्य चौकीमा लगे ।

शुक्रबार रातभरिे स्वास्थ्यकर्मीको प्रयासपछि गुँयालले छोरा जन्माइन । छोरा जन्मने वित्तिकै स्वास्थ्यकर्मीले उनका आफन्तलाई जानकारी गराए ।

यो सूचना पाउनासाथ गाउँभरि फैलियो । सुत्करी भएको आधाघण्टा भएको थिएन, स्वास्थ्य चौकीको आँगनमा ठूलो भिड लाग्यो । बाजा बज्न थाले । नाचगान सुरु भयो । स्वास्थ्य चौकीबाट पञ्चेबाजाको उत्सव घरसम्म पुग्यो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!