ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, कप्तान अनिल आउट

काठमाडौं, भदौं १७ । नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजिकिस्तानबिरुद्ध आउँदो मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन । नेपाली टोलीमा नियमित कप्तान अनिल गुरुङलाई भने समावेश गरिएको छैन ।

नियमित कप्तान अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले राष्ट्रिय टोलीमा पहिलो पटक मौका पाएका छन् । टोलीमा स्ट्राइकरहरु बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवासलाई छनौट गरिएको छ ।

त्यस्तै डिफेण्डहरु बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी र कमल श्रेष्ठ छन् ।

त्यसैगरी, मिड फिल्डरहरुमा सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ तथा गोलरक्षकका रुपमा किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ र बिकेश कुथुलाई छनौट गरिएको छ ।

एएफसी एसियन कप–२०१९ को छनौट चरण अन्तर्गत आउँदो मंगलबार नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!