निर्वाचन आयोगविरुद्ध खनिए उपप्रम गच्छदार

राजविराज, भदौ १७ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा तीन महिना पहिले नै आचारसंहिता लगाएको भन्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार निर्वाचन आयोग विरुद्ध खनिएका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी लगाइएको आचारसंहिता व्यावहारिक नभएको बताएका हुन् ।

शनिबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गच्छदारले आचार संहिता लगाएर निर्वाचन आयोगले सरकारको हातखुट्टा बाँध्ने काम गरेको आरोप लगाए ।

वर्षा र बाढीबाट तहसनहस मधेसमा खुलेर सहयोग पनि गर्न नसपाइने पनि आचार संहिता हुनछ भन्ने प्रश्न गरे । उनले निर्वाचनका लागि नेपाली सेना आवागमन सहज बनाउने कार्यमा जुटेको जानकारी पनि दिए ।

घरवारविहीन भएका बाढीपीडितलाई पनि भूकम्पपीडितलाईझैं सरकारले विशेष सुविधासहितको प्याकेज ल्याउन लागेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!