सानदार प्रस्तुती ‘ए मेरो हजुर २’, हलहरु भरिभराउ

भदौ १७ । यस हप्ता शुक्रबारे साइत पारेर नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ देशव्यापी हलहरुमा स्थान पाएको छ । सुखद् कुरा के छ भने चलचित्र प्रदर्शनको पहिलो दिनको व्यापार कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।

देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको यस चलचित्रले राजधानीका गोपीकृष्ण मुभिज, अष्टनारायण हलका चारवटै पर्दाहरुमा यसले विहानी, दिउँसो अनि रातीको शोमा समेत हल फुल भएको छ ।
काठमाडौं उपत्यका भित्रमात्र ‘ए मेरो हजुर २’ ले कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको चलचित्रले मोफसलबाट ३३ लाख २१ हजार कलेक्शन गरेको वितरकहरुले बताएका छन् ।

‘ए मेरो हजुर २’ को प्रिमियरबाट दर्शकहरुको गतिलो साथ पाएको छ भने चलचित्र प्रदर्शनपछि पनि चलचित्रले आशालाग्दो दर्शक पाएको निर्माण पक्षले जनाएको छ ।

झन् शनिवार सार्वजनिक बिदा परेका कारण काठमाडौंको विभिन्न हलहरुमा बिहानैदेखि ‘ए मेरो हजुर २’ हेर्नका लागि दर्शकहरुको भीड लागेको छ । मल्टिप्लेक्सका शनिबार बिहानका प्रायः शोहरु शुक्रबार बेलुका नै ‘शोल्ड आउट’ भइसकेका थिए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी छन् । सुनिल कुमार थापा चलचित्रका निर्माता हुन् ।

चलचित्रमा दुई युवा–युवतीको बाल्यकाल र किशोरअवस्थाको प्रेम पाईन्छ । उत्कृष्ट मेकिङ्ग, शानदार गीत–संगीत तथा आनन्ददायक प्रेमकथाले चलचित्रलाई सुन्दर बनाएको छ ।

यसअघि पहिलो चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीले उक्त चलचित्रबाट निकै चर्चा बटुलेकी थिइन् । यस चलचित्र पनि उनलाई चर्चामा ल्याउनका लागि कुनै कमी भने नरहेको निर्माण पक्षले जनाएको छ । साम्राज्ञीले यसपटक नयाँ अनुसार सलिनसँग अभिनय गरेकी छिन् । चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!