यसरी मनाइयो बकर इद

काठमाडौं, भदौ १७ । इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद आज शूरु भएको छ ।

ईदुल जोहाको नामले पनि चिनिने यस पर्वका अवसरमा इस्लाम धर्मालम्वीहरुले विहानै मस्जिद गएर नमाज पढ्ने गर्दछन् ।

त्यसपछि इष्मित्रसँग खुशी साटासाट गर्ने गर्दछन् । आज शनिबार भदौ १७ गतेदेखि सुरु भएको यस पर्व भदौ १९ गतेसम्म मनाइन्छ ।

पर्वका अवसरमा आज इस्लाम धर्मावलम्वीहरुले आफन्त र इष्ट मित्रलाई डाकेर आफ्नो गच्छेअनुसार खानपिन गरेर रमाइलो गर्ने गर्दछन् । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!