चुल्ठो काटिएकी महिलाको मृत्यु

सिरहा, भदौं १७ । तराईमा पछिल्लो दुई हप्तादेखि महिलाहरुको चुल्ठो काटिने क्रम जारी छ । पछिल्लो १० दिनमा झण्डै १५ भन्दा बढी महिलाहरुको चुल्ठो काटिएको छ । अज्ञात वस्तु आई महिलाहरुको चुल्ठो काटिदिने गरेको हुन्छ जुन महिलालाई थाहा नै हुँदैन । सिरहामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की २६ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् । कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन् । सिरहामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण आतंकित बनेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!