न्युयोर्कमा २६ वर्षिया नेपालीले जितिन् ७० लाख डलरको चिठ्ठा

एजेन्सी, भदौ १७ । भगवानले दिए भने छत फोडेर पनि दिनुहुन्छ भन्ने भारतीय उखान सोलुखुम्बु घर भई हाल न्युयोर्क बसोबास गर्ने २६ वर्षीया याङ्गजी शेर्पाले जीवन काल ७० लाख डलर को चिट्ठा जितेकी छिन् ।

न्युयोर्कको वुड साइड कि महिला ले क्यास फर लाइफ नामक चिट्ठा खेल्दा उक्त रकम जितेकी हुन् । प्रसाशनिक सहायक पदमा कार्यरत २६ बर्षिय शेर्पाले किनेको उक्त चिट्ठामा ५ वटै अंक मिलेको र अन्तिम क्यास बल पनि मिल्न गएकोले त्यति ठुलो राशी उनले प्राप्त गरेकी हुन् ।

उनी कामबाट घर फर्केपछि हेर्ने बित्तिकै परेकोले विश्वास नलागेर पटक–पटक हेरेको बताईन । उनले मेरो पिताश्री ले धेरै खेल्ने गरेकोले मलाई उहाँले सुझाव दिएकोले आफुले खेलेको बताईन ।

उनको क्यास फर लाइफ ८–१७–२७–२८–३९ र क्यास बल ०२ हो । उनले ७० लाख डलर मध्ये खुद ४३ लाख ६१ हजार २ सय ८० डलर पाउने छिन् । यति ठुलो रकम हात लागे पछि घर किन्ने योजना रहेको उनले बताईन ।

उनले खुशी हुदै भाग्य भनेको भाग्य नै रहेछ बिश्व मा धेरै भाग्यशाली हुन्छन तर आफु त्यसमध्येकै एक हुँ भनिन । उनले जितेको चिट्ठा प्रत्येक दिन हजार डलर ले जीवनकाल भर पाउने चिट्ठा हो । तर उनी दिनहुँ पैसा ननिकाली एकैचोटी लिने निधो गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!