चुनाव जित्ने रणनीति बनाउन माओवादी केन्द्रको सचिवालय बैठक पर्सामा

पर्सा, भदौ १७ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय वैठक पर्साको वीरगन्जमा सुरु भएको छ ।

बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ ‘बादल’लगायत शीर्ष नेताहरु तथा केन्द्रीय सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ ।

त्यस्तै भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा, रामकुमार शर्मा, रामेश्वर राय यादव, पासांग शेर्पा, बलावती शर्मा, परशुराम तामांग लगायतका नेताहरुको पनि सहभागिता रहेको रहेका छन् ।

बैठकमा २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचन, उम्मेदवार छनोट, आगामी संघ र प्रदेशको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!