ऋतिकले अाफ्नाे इमेल दुरुपयोग गरेको कंगनाको अारोप

भदौ १७ । बलिउड क्षेत्रका चर्चित अभिनेत्री कंगना रनौतले अभिनेता ऋतिक रोसनसँगको विवादमा नयाँ कुरा खोलेकी छिन् । एक अन्तरवार्तामा उनले ऋतिकले आफ्नो इमेल अकाउन्ट दुरुपयोग गरेको बताइन् ।

‘उनलाई मेरो इमेलका पासवर्ड थाहा थियो,’ कंगनाले भनिन्, ‘उनी रातभर मेरो एकाउन्टबाट लग इन हुन्थे ।’ ‘तर, उहाँले केही गर्नुभएन,’ कंगनाले भनिन् ।

अाफ्नो एकाउन्टबाट ऋतिकले थुप्रै भद्दा र फोहोरी इमोल गरेको कंगनाले दावी गरिन् । उनका अनुसार यस विषयमा उनले ऋतिकका बाबु राकेश रोसनसँग पनि गुनसो गरेकी थिइन् । राकेशले उनलाई ऋतिकलाई सम्झाउने बचन दिएका थिए ।

आफू न्यूयोर्कमा हुँदा ऋतिकले आफ्नो इमेलको चरम दुरुपयोग गरेको उनले बताइन् । यो विषयमा आफूले खुलेर बोल्दा इन्डष्ट्रीकै केही व्यक्तिहरुले आफूलाई जेल पठाउने धम्की दिएको समेत उनले बताइन् ।

‘तर, म यो विषयमा पछि हट्दिन । आफ्नो कुरा राखिरहन्छु । आफ्नो जिन्दगीका तिता अनुभवहरुका बारेमा कुरा गर्दा म सर्वप्रथम यही घटना सम्झिनेछु ।’  उनले ऋतिकले आफूकहाँ आएर माफी माग्नुपर्ने पनि बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!