२२५ औं हप्ताको वागमति सफाईमा हवाई सुन्दरीहरुको साथ

काठमाडौं भाद्र १७ , बागमति सरसफाईको २२५ औं हप्ताको कार्यक्रम आज सम्पर्न भएको छ ।

सिनामंगल स्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गरिएको थियो उक्त सरसफाई कार्यक्रममा वागमति सम्यता अभियनताहरु नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरी साथै विभिन्न संघसंस्थाका हजारौ हातहरुले आज सरसफाइ गर्नु भएको थियो । उक्त ठाउमा सिजन मिडियाद्धारा आयोजीत मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु पनि सहभागी भई वागमति सफाईमा सहयोग गरेका थिए ।

एयर होस्टेस सुन्दरीहरुलाई सामाजीक कर्तव्यर समाज प्रतिको उसको उत्तरदायीत्वको वारेमा जनकारी साथै ज्ञान हासील होस भन्ने उदेश्यले वागमति सफाई कार्यक्रममा सहभागी गराइएको हो आगामी महिना असोज २ गते प्रज्ञा भवनमा अन्तिम प्रतियोगीता सम्पर्न हुनेछ ।

विभिन्न तालिम सेन्टरमा एयरहोस्टेस सवन्धी तालिम लिइ रहेका र लिइ सकेका युवतीहरुलाई मध्य नगर राखी उनीहरुको विमान परिचारीका वन्ने सपना पुरा गर्ने उदेश्यका साथ आयोजना गरिएको यस प्रतियोगीतको विभिन्न तालिमहरु कमलादीको सिडव्लु पाटी प्यालेसमा विभिन्न तालिमहरु दिइदै आइरहेको कार्यक्रम संचालक प्रदिपराज वन्त वताउनु हुन्छ ।

विषेस गरेर आत्मविस्वास को क्षमता,पर्सनालीको विकास र नेतृत्वदायी भुमीका खेल्न सकोस भन्ने हेतुलेनै यस्ता कार्यक्रमहरु सिजन मिडियाले निरन्तर रुपमा गर्दै आएको छ र यो मिस एयरहोस्टेसको चौथो संस्करण पनि हो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!