टेक्सासमा आँधीबाट ४० को मृत्यु

काठमाडौं, भदौ १७ ।  टेक्सासमा हालै आएको समुद्री आँधीबाट कम्तीम ४० जनाले ज्यान गुमाएको अनुमान गरिएको छ । यसै साता आएको समुद्री आँधी ‘हार्बे’पछि परेको भारी वर्षा र बाढीका कारण उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । आँधीबाट केही मानिस हराएका सरकारले अनुमान गरेको छ ।

मृत्यु भएका व्यक्तिहरू बाढीबाट मारिएका हुन् वा होइनन् भन्ने विषयमा चिकित्सकहरूले शनिबार स्वास्थ्य जाँच गर्ने जनाइएको छ । बाढीपछि हराएकाहरूको खोजी तीव्र पारिएको छ ।

बाढी प्रभावित क्षेत्र, नदी किनार र सो बाढीले तलाउ बनाएका स्थानमा मानिसको खोजी गरिएको अधिकारीले जनाएका छन् । आँधीपछिको बाढीले दर्जनाैँ घर डुबानमा परेका छन् । त्यस्तै, सडकमा गुडिरहेका सवारीसाधन बाढीले बगाउँदा त्यहाँ सबार सर्वसाधारण डुबेको जनाइएको छ । यसरी हराएका नागरिकको खोजी जारी रहेको भए पनि अहिलेम्म भेट्न नसकिएपछि उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!