बंगाल प्रहरीबाटअन्धाधुन्ध प्रहार, थप दुईको मृत्यु

काठमाडौं, भदौ १७ । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा बंगाल प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा थप दुर्इ जनाकाे  मृत्यु भएको छ ।

प्रहरीको कुटाइले टाउकोमा गम्भीर चोट लागेकी राईको मृत्यु भएको थियो । १२ जना पक्राउ परेका छन् ।  आन्दोलनकारीमाथि बंगाल प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको मोर्चाले आरोप लगाएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । प्रहरीले तीन केन्द्रीय सदस्यसहित १२ जनालाई पक्राउ गरेको मोर्चाले जनाएको छ ।

प्रहरीले केन्द्रीय सदस्य सिलगुडीका शंकर अधिकारी, दार्जिलिङकी सावित्री राईसहित नेतालाई पक्राउ गरेको हो । यता, बिहीबार राति प्रहरीको कुटाइबाट गोर्खा जनमुक्ति मोर्चाकी कार्यकर्ता रोमाना राईको दार्जिलिङमा मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!