‘तपाईले जादु गर्नुभयो’ भन्दै राष्ट्र संघले गृहमन्त्री शर्माको प्रशंसा गर्यो !

काठमाडौं, भदौ १७ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियाण्डबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार गृहमन्त्रालयमा आयोजित शिष्टाचार भेटमा गृहमन्त्री शर्माले कम्तिमा एक साताभित्र विपद् ब्यवस्थापन ऐन संसदमा पेश गरिने जानकारी दिए।

बाढी प्रभावित परिवारलाई पुनस्र्थापित गर्ने लगायतका काम चाँडै गर्ने प्रयत्नमा आफू लागेको जानकारी दिँदै मन्त्री शर्माले डुबानमा परेका परिवालाई अन्यत्र सार्न सम्भव नहुने भएकाले तराई क्षेत्रमै पुनस्र्थापना गरिने बताए। सरकारी संयन्त्रलाई बाढीको क्षती मुल्यांकनका लागि परिचालन गरिएको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘क्षति मूल्यांकनको कार्य सकिएपछि पुनस्र्थापना र क्षतिपूर्ति बारे निर्णय गर्छौ।’

‘बिपद् ब्यवस्थापनका लागी हरेक टोलमा भोलेन्टीयर ब्युरो गठन गरेर तालिम दिने सोचमा छु’ मन्त्री शर्माले भने, ‘आगामी वर्षामा संभावित बाढीलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे पनी दिर्घकालिन योजना बनाएर लागू गर्ने छौं।’

भेटमा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि जुलियाण्डले गृहमन्त्री शर्माले अगाडि सारेको ८४ बुँदे गृह प्रसासन सुधार मार्गचित्रबारे आफु जानकार रहेको बताइन्। ‘उर्जामन्त्री हुँदा तपाईले जादु गर्नुभएको थियो’ जुलियाण्डले भनिन्, ‘अहिले गृहमन्त्री हुँदा बिपद् ब्यवस्थापन बारे के गर्दै हुनुहुन्छ, ध्येय जान्न पाउँ।’

बाढी प्रभावित बस्तिमा वितरण हुने राहत कार्यक्रमा पनि राजीति हुने खतरा औंल्याउँदै आवासीय संयोजक जुलियाण्डले तेस्रो चरणमा हुन लागेको स्थानीय निर्वाचनमा बाढीको प्रभावबारे जिज्ञासा राखिन।

जवाफमा मन्त्री शर्माले राहतमा हुने राजनितीलाई निर्वाचन आयोगमार्फत नियन्त्रण गर्न खोजिएको जानकारी दिँदै राज्यको रेकर्डमा राखेर मात्र राहत वितरण गरिएको बताए। –नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!