वीरगँजमा पनि पूर्व प्रम माधव नेपाल लखेटिएपछि…

बिरगंज, भदौ १६। एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री मधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन ।

एमाले तर्फबाट बिरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन अन्सारी र सोफिया आचार्यलाई साथमा लिएर चुनावी प्रचार प्रसारको क्रममा मुर्लिमा घरदैलो गर्न पुगेका नेपाल सहितको नेता र कार्यकर्ताहरुलाई स्थानीयले लखेटेका हुन ।

एमाले मधेस विरोधी पार्टी रहेको र मधेसी जनतालाई अधिकार सम्पन्न गराउन नमानेकोले उसलाई मधेसबाट नै बहिष्कार गर्नुपर्ने नारा लगाउदै स्थानीयले लखेटेका हुन ।

 

मधेसीले अधिकार माग गर्दा एमालेले सम्पुर्ण मधेसीलाइ अपमानित गर्दै बिहारी भन्ने र अहिले चुनाव आउदा हामी सबै नेपाली हो भन्ने दोहोरो चरीत्र देखाएकाले उसलाई मधेसी जनताले कुनै पनि हालतमा आफ्नो मत नदिने स्थानीयले बताएका छ्न ।

 

यसअघि गएको मंगलबार पनि नेता नेपाललाई जनकपुरमा मधेसी जनताले दूरव्यवहार गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!