शरणामतिका बाढी पीडितलाई राहत वितरण

झापा, भदौ १६ । झापाको अर्जुनधाराका स्थानीय महिलाहरुले शरणामतीका बाढी पीडितहरुलाई राहत बितरण गरेका छन् ।

तिज बिशेष कार्यक्रममा संकलन भएको बाढि पिडित राहत सहयोग रकमबाट बाढी पिडित बनेका सो क्षेत्रका स्थानीयहरुलाई अजुर्नधारा नगरपालिकाका चेलीबेटी समूहले राहत बितरण गरेको हो ।

उक्त समूहले झापा गाउँपालिकाको शरणामती ७ मदरगाछमा पुगेर बाढी पिडित दश परिवारलाई राहत साम्रगी बितरण गरेको हो । राहतामा प्रति परिवार एक बोरा चामल, खाने तेल, झुल तथा तन्ना बितरण गरिएको थियो ।

समूहकी अध्यक्ष रिना शिवाकोटीसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर जोखिम न्यूनिकरण समितिको सहकार्यमा सो राहत बितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!