इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनी पक्राउ

एजेन्सी, भदौ १६ । इंग्लिस टोली एभर्टनका स्ट्राइकर वायने रुनीलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा चेसायर पुलिसले पक्राउ गरेको छ ।

रक्सी पिएर गाडी चलाएका रुनीलाई प्रहरीले तीन पटकसम्म चेतावनी दिएको थियो, तर नमानेपछि स्थानीय समाय अनुसार शुक्रबार बिहान ६ बजे पक्राउ गरिएको हो । उनीसँगै उनका साथीहरु पनि थिए ।

इंग्ल्याण्डका सर्बाधिक गोलकर्ता रुनीले गत सातामा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले इंग्ल्याण्डका लागि ११९ खेलमा ५३ गोल गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!